अन्य no use

मृत घोषणा गरिएकी महिला फ्रिजभित्र जिउँदै भेटिएपछि !!!

Spread the love

एजेन्सी,

१८ असार । सवारी दुर्घटनामा परि मृत घोषणा गरीएको युवतीलाई डाक्टरहरुले शवगृहको फ्रिजमा राखिँदा उनी जिवीतै रहेको खुलासा भएको छ ।
दक्षिण अफ्रिकाकी आवासी महिलालाई चिकित्सकले मृत घोषित गरेपछि उनलाई गौटेङ प्रान्तको शवगृहको फ्रिजमा राखिएको थियो तर त्यहाँ काम गर्ने एक जना व्यक्तिले फ्रिजभित्र राखिएकी ती महिला जिवित रहेको पत्ता लगाएका हुन् र ती महिलालाई अहिले जोहानेसबर्गस्थित एक अस्पतालमा उपचार भइरहेको बीबीसीले जनाएको छ । उनको नाम भने गोप्य नै राखिएको छ ।
ती महिलाका परिवारले भने यो डाक्टरहरुको गैरजिम्मेवार हरकतको निन्दा गरेका छन् र साथै कडा कारवाहीको माग गरेका छन् । २४ जुनमा भएको कार दुर्घटनामा दुई जना व्यक्तिको ज्यान गएको थियो । तर जिउँदै रहेकी ती महिलालाई पनि मृतकहरुसँगै शवगृहमा राखिएको थियो ।

यस्तो घटना भएको पहिलो पटक भने होइन । पछिल्लो समयमा पनि यस्ता घटनाहरु बेला बेलामा सार्वजनिक हुँदै आएका छन् । सात वर्षअघि दक्षिण अफ्रिकामै मृत भनिएका एक जना ५० वर्षीय व्यक्ति भोलीपल्ट शवगृहबाटै कराएपछि उनको उद्दार गरिएको थियो । त्यस्तै २०१६ मा पनि दक्षिण अफ्रिकामै सडक दुर्घटनामा घाइते भएका एक जना व्यक्तिलाई मृत घोषणा गरिएको एक दिनपछि जिउँदै भेटिएका थिए ।एजेन्सी, १८ असार । सवारी दुर्घटनामा परि मृत घोषणा गरीएको युवतीलाई डाक्टरहरुले शवगृहको फ्रिजमा राखिँदा उनी जिवीतै रहेको खुलासा भएको छ ।
दक्षिण अफ्रिकाकी आवासी महिलालाई चिकित्सकले मृत घोषित गरेपछि उनलाई गौटेङ प्रान्तको शवगृहको फ्रिजमा राखिएको थियो तर त्यहाँ काम गर्ने एक जना व्यक्तिले फ्रिजभित्र राखिएकी ती महिला जिवित रहेको पत्ता लगाएका हुन् र ती महिलालाई अहिले जोहानेसबर्गस्थित एक अस्पतालमा उपचार भइरहेको बीबीसीले जनाएको छ । उनको नाम भने गोप्य नै राखिएको छ ।
ती महिलाका परिवारले भने यो डाक्टरहरुको गैरजिम्मेवार हरकतको निन्दा गरेका छन् र साथै कडा कारवाहीको माग गरेका छन् । २४ जुनमा भएको कार दुर्घटनामा दुई जना व्यक्तिको ज्यान गएको थियो । तर जिउँदै रहेकी ती महिलालाई पनि मृतकहरुसँगै शवगृहमा राखिएको थियो ।
यस्तो घटना भएको पहिलो पटक भने होइन । पछिल्लो समयमा पनि यस्ता घटनाहरु बेला बेलामा सार्वजनिक हुँदै आएका छन् । सात वर्षअघि दक्षिण अफ्रिकामै मृत भनिएका एक जना ५० वर्षीय व्यक्ति भोलीपल्ट शवगृहबाटै कराएपछि उनको उद्दार गरिएको थियो । त्यस्तै २०१६ मा पनि दक्षिण अफ्रिकामै सडक दुर्घटनामा घाइते भएका एक जना व्यक्तिलाई मृत घोषणा गरिएको एक दिनपछि जिउँदै भेटिएका थिए ।

Related Articles

Back to top button