अन्य no use

६ वर्षिय आयुव सेन अभिनित ‘मेरी मामु’को प्रोमो रिलिज

Spread the love

फिल्म ‘मेरी मामु’ को ट्रेलर सार्वजनिक गरिएको छ । याम थापा निर्देशित यो फिल्मका मुख्य कलाकार ६ वर्षिय आयुव सेन हुन् । याम थापाको निर्देशन र सन्तोष सेनको निर्माण रहेको फिल्म भदौ १५ गतेदेखि प्रदर्शनमा आउँदैछ । ट्रेलर हेर्नुस् :

[youtube https://www.youtube.com/watch?v=UX8KExbK0Xs]
फिल्म ‘मेरी मामु’ मा आयुव सेनसँगै नायिका अश्लेशा ठकुरी, नायक सारुक ताम्राकार, नव नायिका कुसुम गुरुङ र कलाकार दुर्गा मल्लको अभिनय छ । फिल्ममा नेपालकी पहिलो नायिका भुवन चन्द विशेष भुमिकामा प्रस्तुत भएकी छन् भने मेसी नामको गोल्डेन रेटिभ जातको कुकुरलाई फिल्ममा देख्न सकिन्छ । फिल्मको कथा निर्देशन थापाकै हो ।

पुरुषोत्तम प्रधानको छायांकन रहेको ‘मेरी मामु’ मा कल्याण सिंहको संगीत छ । फिल्मलाई बनिश शाह र भुपेन्द्र अधिकारीले सम्पादन गरेका छन् । रेशम जंग शाह फिल्मका कार्यकारी निर्माता हुन् । ‘प्रेम गीत’ र यसको सिक्वेल पछि सन्तोष सेनले ‘मेरी मामु’ बनाएका हुन् ।

एउटा मृगौलाको लागत रु 60 करोड । यसरी Kidney फलाउने l

Related Articles

Check Also
Close
Back to top button