दुई हिरोइन मध्ये आकाशको जोडी को सँग बक्स अफिसमा हिट होला ?

नायक आकाश श्रेष्ठका लागि यो साल फिल्म रिलिजका हिसाबले राम्रो देखिएको छ । आकाश अभिनित फिल्म ‘ब्ल्याक’ शुक्रबारदेखि प्रदर्शनमा आएको छ । आकाशकै ‘रामकहानी’ भदौ २२ गतेदेखि प्रदर्शनमा आउँदैछ । आकाशको ड्रिम गर्ल पनि प्रदर्शनको पर्खाइमा छ ।

‘ब्ल्याक’ र ‘रामकहानी’ मा आकाश दुई नाम चलेका हिरोइनसँग स्क्रिन सेयर गरेका छन् । आकाशको जोडी भएर ब्ल्याक मा नायिका आँचल शर्मा र रामकहानी मा नायिका पूजा शर्मा प्रस्तुत भएकी छिन् । यसअघि आकाशले अभिनय गरेका म त तिम्रै हुँ र तिमी सँग बक्स अफिसमा सफल भएनन् । यी फिल्ममा आकाशको जोडी भएर क्रमशः ज्योत्सना योगी र साम्राज्ञी राज्यलक्ष्मी शाह थिए । जुन जोडी लाई दर्शकको साथ त्यति मिलेन ।

अब आकाशलाई आशा आँचल र पूजाको छ । दुई हिरोइन मध्ये आकाशको जोडी को सँग बक्स अफिसमा हिट होला ? आँचल र पूजा मध्ये आकाशलाई कसको लाग्ला लक ? प्रतिक्षा गरौं ।