अन्य no use
नेपाल आइडलका उत्कृष्ट ११ प्रतिभालाई चिन्नुहोस्

Spread the love
अमित बराल (२४), बुटवल
एसएलसीपछि संगीतमा लागेको हुँ। दुई वर्ष संगीत सिकेँ। पब र स्टेज कार्यक्रममा गाएँ। एउटा ब्यान्डमा आबद्ध थिएँ। मेरो दाइ राम्रो गाउनुहुन्थ्यो तर उहाँ बित्नुभयो। दाइको सपना पूरा गर्न संगीतमा लागेँ। परिवारले पनि साथ दियो। क्लासिकल गीत सुन्छु तर सेमी क्लासिकल र पप गाउँछु। हेमन्त राना मन पर्ने गायक हुन्। आफैँ गीत लेख्ने र कम्पोज पनि गर्छु। चार वर्षअघि ‘याद आउँछ’ बोलको गीत निकालेको थिएँ।
? Voting code 01 type गरि 31009 मा SMS गर्नुहोस्
अस्मिता अधिकारी (२२), झापा
पहिलादेखि भजन गाउँथेँ। स्कुलमा पनि राइम्स गाउँथेँ। कलेज पुगेपछि गाउन छोडिनँ। प्लस टू पढ्दा तीन÷चार महिना भोकल क्लास लिएँ। नेपाल मेडिकल कलेज, जोरपाटीबाट बीएससी नर्सिङ सकेर आइडलमा आएकी हुँ। सेवाका लागि नर्स बन्ने र रुचिका लागि गायिका बन्ने चाहना छ। नर्सिङमा मास्टर्स गर्ने र संगीतमा पनि व्यावसायिक रूपमा अघि बढ्ने सोच छ। पहिला पप गीत सुन्ने र गाउने गर्थें। पछि आधुनिक गीत गाउन र सुन्न थालेँ। अरुणा लामा, तारादेवी, नारायणगोपालका गीत मन पर्छन्। अञ्जु पन्तको चाहिँ फ्यान नै हुँ। मैले गीत पनि रेकर्ड गरेकी छु।
?Voting code 02 type गरि 31009 मा SMS गर्नुहोस्
विक्रम बराल (२५), पोखरा
बारमा गाउन थालेको १७ वर्ष भयो। एसएलसीपछि २०६६ सालतिर पोखराकै त्रिवेणी संगीतालयमा क्लासिकल भोकल सिकेको थिएँ। ‘अडियो फार्म’ र प्रोग्रेसिभ मेटल ब्यान्ड ‘साइनाइड’ मा आबद्ध भएर गाएँ। पप, क्लासिकदेखि सुगम संगीतसम्म सुन्छु। रक मेटल बढी गाउँछु। पहिला नवीन के भट्टराईलाई धेरै सुन्थेँ। नारायणगोपाल, गुलाम अली र अरुण थापा मेरा आइडल हुन्। गत वर्ष पनि आइडलको अडिसनमा छानिएको थिए तर परीक्षाले गर्दा आउन सकिनँ। ममीले गीत गुन्गुनाउनुहुन्छ। उहाँको गायिका बन्ने सपना थियो तर पूरा भएन। त्यो सपना मैले पूरा गर्नेछु।
? Voting code 03 type गरि 31009 मा SMS गर्नुहोस्
हिना मल्ल बराइली (१७), धरान
चर्चमा गाउँदागाउँदै संगीतमा लागेँ। बुबा हुनुहुन्न। ममी बीपी प्रतिष्ठानमा काम गर्नुहुन्छ। दिदी ब्याचलर्स पढ्दै हुनुहुन्छ। म कक्षा ११मा पढ्दै छु। एसईईपछि फुर्सदमा युट्युब हेरेर रक प्याटर्नका गीत गाउन थालेँ। युट्युबबाटै गिटार बजाउन सिकेँ। धरानका रेस्टुरेन्ट–बारमा पनि गाएकी छु। रक गीत बढी सुन्छु। सविन राई, अभया सुब्बाका गीत मन पर्छन्। अभया मेरी हुन्। रक स्टार बन्ने सपना छ।
? Voting code 04type गरि 31009 मा SMS गर्नुहोस्
कृषल कँडेल (१७), धादिङ
औपचारिक रूपमा संगीत सिकेको छैन तर दाइले गाएको सुनेर संगीततिर आकर्षित भएँ। विभिन्न महोत्सव तथा कार्यक्रममा गाउन जान्छु। सेमी क्लासिकल र पप गीत बढी गाउँछु। भक्तराज आचार्य, नारायणगोपालका गीत सुन्छु। मेरा फेभरेट गायक सत्यराज आचार्य हुन्। कक्षा ११ मा सिभिल इन्जिनियरिङ पढ्दापढ्दै आइडलमा आएँ। राम्रो गर्ने र आइडल जित्ने सपना छ।
? Voting code 05 type गरि 31009 मा SMS गर्नुहोस्
मीनराज पौडेल (२६), चितवन
मेरो बुबा बाजा बजाउनुहुन्थ्यो। मैले प्य्राक्टिस गर्दै गिटार बजाउन सिकेँ। भजन गाउँथेँ। रहरले साथीको पबमा पनि एक-दुई पटक गाएको छु। काठमाडौँमा कलेज पढ्दा साथीहरूसँग मिलेर ‘अर्वाचीन’ ब्यान्ड बनाएका थियौँ। आफूलाई टेस्ट गर्न आइडलमा आएँ। गोल्डेन माइक पाउन सफल भएँ। यहाँ आएपछि संगीतका धेरै कुरा बुझिरहेको छु। अझै धेरै मेहनत गर्नु बाँकी छ। नेपाली पप, लोकपप, वेस्टर्न र पुराना गीत सुन्छु। सनुप पौडेलका गीत मन पर्छन्। एड्रिनप्रधानलाई फलो गर्छु।
? Voting code 06 type गरि 31009 मा SMS गर्नुहोस्
नीलिमा थापामगर (२०), पोखरा
आफैँ अभ्यास गर्दै गाउन थालेकी हुँ। पोखरामा बिग आइकनमा टप ५ बाट आउट भएकी थिएँ। ममी किरानापसलचलाउनुहुन्छ अनि स्कुलको टिफिन डेलिभरी गर्नुहुन्छ। म पनि ममीलाई सघाउँथेँ। प्राइमरी स्कुलमा पढाउँथेँ पनि। पहिला आइडलमा अडिसनबाटै आउट भएकी थिएँ। यसपालि अडिसनका बेला परीक्षा थियो। ड्रेसमै आएकी अडिसन दिन पुगेकी थिएँ। गोल्डेन माइक पाएँ खुशी लागेको छ। पप र सेन्टिमेन्टल गीत सुन्ने र गाउने गर्छु। अहिले क्लासिकल सुन्न थालेकी छु।
? Voting code 07 type गरि 31009 मा SMS गर्नुहोस्
पवन गिरी (२२), दोलखा
दुई वर्षदेखि संगीतमा सक्रिय छु। अस्ट्रेलिया जाने सोच थियो तर भिसा लागेन। त्यसपछि फुर्सदमा संगीत सुन्ने गर्थें। मैतीदेवीमा निःशुल्क म्युजिक सिकाउने ठाउँ रहेछ। कलेज नगई संगीतमा लागेँ। बाहिर जाने, पैसा कमाउने परिवारको सपना थियो, मेरो सपना संगीतमै केही गर्छु भन्ने भयो। परिवारबाट खासै सपोर्ट छैन। ठमेलका बार, पपमा गाउँछु। ‘द इलाइट’ ब्यान्डको भोकलिस्ट हुँ। गाएर कमाएको पैसाले कलेज फी र आफ्नो खर्च टार्छु। सेल्सम्यान, वार्डेन र टिचिङको काम गरेँ तर चित्त बुझेन। संगीतमै लाग्ने सोच छ।
? Voting code 08 type गरि 31009 मा SMS गर्नुहोस्
रवि ओड (२०), धनगढी
चार वर्ष भयो संगीतमा सक्रिय भएर लागेको। धनगढीमा दोहोरीमा गाउँथेँ। मेरो घर अछाम हो। मेरो बाजे गाउनुहुन्थ्यो। उहाँबाट नै प्रभावित भएँ। बुबा इन्डियामा वाचम्यान हुनुहुन्छ। दिदी, बहिनी र भाई छन्। आमा घाँटीको समस्याले बित्नुभयो। सुदूर र मध्यपश्चिमका धेरै जिल्लामा पुगेर गाएको छु। ठाडो भाका, लोकदोहोरी, पप, हिन्दी नेपाली सबै खाले गीत गाउन सक्छु। शिव परियार, सुगम पोख्रेल र हेमन्त रानाका गीत बढी मन पर्छन्।
? Voting code 10 type गरि 31009 मा SMS गर्नुहोस्
सुविन सिंह (२७), सुर्खेत
सात वर्षअघि सुर्खेतमै ‘अफरोड’ ब्यान्ड बनाएका थियौँ। म भोकलिस्ट थिएँ। संगीतमै केही गर्छु भनेर सुर्खेतबाट ब्यान्डका सदस्य काठमाडौँ आयौँ। कलेज छाडेर संगीतमा लाग्यौँ। तर, सोचेजस्तो भएन। कतार गएँ। चार वर्ष त्यहाँ बसेर नेपाल फर्किएँ। मेरो हजुरबुबाले हार्मोनियम, मादल, सारंगीलगायत बनाउनुहुन्थ्यो। बुबा, काका पनि कला क्षेत्रमा हुनुहुन्छ। दाइभाइ पनि संगीतमै रमाउने। दिदी भोकलिस्ट हो। क्लासिकल, पप, लोक, फिल्मी गीत सुन्छु। नारायणगोपाल, फिरोज स्याङ्देन र स्वप्निलका गीत मन पर्छन्।
? Voting code 11 type गरि 31009 मा SMS गर्नुहोस्
सुमित पाठक (१९), झापा
म चार वर्षको हुँदा नै तबला बजाउँथेँ। बुबाको संगीत इन्स्टिच्युट छ। त्यसले मलाई सिक्न धेरै सहज भयो। सात कक्षा पढ्दा त म गिटार बजाउँथेँ। युट्युबबाट हेरेर गिटार बजाउन सिकेँ। ‘ब्राइट स्टार’ ब्यान्डमा ड्रमर थिएँ। अमेरिका ब्वाइज फिल्ममा गीत पनि गाएको छु। झापामा ‘ग्राभिटी’ ब्यान्ड थियो, त्यसमा गाउँथेँ। रक, मेटल, सेन्टिमेन्टल, क्लासिकल सबै सुन्छु। रक र सेन्टिमेन्टल गाउँछु। नारायणगोपाल, भक्तराज, नेपथ्य र १९७४ एडीका गीत धेरै सुन्छु।
? Voting code 12 type गरि 31009 मा SMS गर्नुहोस्
_ _ _
अन्नपूर्ण पोस्टबाट साभार
_ _ _