अन्यमनोरञ्जनरोचकविचारविश्वसमाचार

सामसुङ्ग द्वारा ग्यालेक्सी M 31 सार्बजनिक l

मिड रेन्ज मोबाइलमा एक उत्तम बिकल्प

Spread the love

मिड रेन्ज फोनको क्रमलाई निरन्तरता दिँदै सामसुङ्गले गत 4 जुन 2020 मा ग्यालेक्सी M 31 नेपालमा सार्बजनिक गरेको छ l यो मोबाइल गत वर्षको लोकप्रिय मोडल M 30s को उत्तराधिकारीको रुपमा बजारमा भित्र्ययिएको हो l गत वर्षको M 30s लाई परिष्कृत गरि ल्यायेएको यस मोबाइलले क्यामेरा र ब्याट्रीको राम्रो प्रदर्शन चाहने ग्राहक बर्गलाई आकर्षित गर्ने लक्ष्य लियिएको छ ।

डिजाइन यस फोनको डिजाइन गत वर्षकै m 30 मा आधारित छ र धेरै भिन्नता देखिदैन l 6.4 इन्च का साथ इन्फिनिटी ओडिस्प्ले रहेको यस फोनको दाहिने भागमा पावर र भोल्युम बटन राखिएको छ भने देब्रे भागमा सिम ट्रे रहेको छ l त्यसैगरी तल्लो भागमा usb type-C port र लोपन्मुख 3.5 mm अडियो ज्याक पनि समाबेश गराइएको छ l पछाडी सामसुङ्गले फिंगर प्रिन्ट सेन्सर जडान गरेको छ भने M 30 माथि सुधार गरेर क्वाड क्यामेरा को संयोजन गरेको छ l अगाडीपट्टि पनि अनुबृद्धि गर्दै 32 MP को सेल्फी शुटर क्यामेरा उपलब्ध गराएको छ l यस फोन को ब्याक प्यानल चहकिलो रहेको हुनाले डिजाइन लोभलाग्दो रहेको छ जसले यसलाई हाई एण्ड मोबाइलको भाब दिने छ l डिस्प्ले डिस्प्ले बिभागमा पनि सामसुङ्गले ग्राहकलाई निराश गरेको छैन l फोन फुल एच डी को 2340×1080 p रेसुलुसन मा आउँदछ भने बहुचर्चित आमोलेड डिस्प्ले को सुबिधा पनि दियिएको छ जसले मोबाइलको स्क्रिन जिबन्त र रङ्गीन बनाउँदछ l मोबाइल स्क्रिन लाई सुरक्षित राख्न का लागि कोर्निंगको गोर्रिला ग्लास 3 को प्रगोग भागेको छ जसले सामान्य खसाई बाट स्क्रिनलाई टुट्न वा कोत्रिन दिदैन l उज्यालो ले आँखामा पार्नसक्ने समस्यालाई मध्यनजर गर्दै यस मोबाइलमा ब्लु लाइट फिल्टर दियिएको छ भने चर्चित डार्क मोड को पनि व्यवस्था छ जसले मोबाइलको सम्पूर्ण इन्टरफेसलाई डार्क बनाउँदछ जुन आजकल यक चर्चित मोबाइलको बिशेषतामा पर्दछ l प्रोसेसर यस विभागमा M 30 कै प्रोसेसरलाई दोहोर्याइएको छ l सामसुङ्गको घरेलु उत्पादन एक्निनोस 911 को अक्ट कोर अर्थात् आठ वटा प्रोसेसर रहेका छन जसले दुइ छुट्टा छुट्टै पद्दति big. LITTLE अनुसार कार्य स्पादन गर्दछ जस अनुसार 2.3 MHz र 1.7 MHz ले आवस्यकता अनुसार प्रोसेसरको उपयोग गर्दछ जसको प्रतक्ष्य लाभ ब्याट्रीलाई पर्न जान्छ l यस पद्दतिले मल्टी टास्क गर्दा पनि मोबाइल फ्रिज वा ह्याङ्ग हुने समस्या रहँदैनभने एक पछि अर्को याप सुचारु तथा मोबाइल अनलक पनि छिटो गर्दछ l ग्राफिक्सका लागि पुन मालि-जी 72 एम पी 3 नै दोहोर्याईएको छ l रयाम्लाई पनि बढोत्तरी गरि कम्तिमा 6 GB गरिएको छ जसले गर्दा 1 गेमरहरुलाई सहजता दिने छ l चर्चित मोबाइल गेम पब जी तथा फ्री फायर यस फोनमा खेल्न सकिने छन l क्यामेरा
Rear camera module
यस मोबिलको सबैभन्दा उत्कृस्ट पक्षनै क्यामेरा रहेको छ l यस बिभागमा सामसुङ्गले उल्लेखीय सुधार गरेको छ l पछाडी पट्टि अब तिन को साँटो चार वटा क्यामेरा रहेका छन जसमध्ये प्रमुख क्यामेरा M 30s को 48 लाई अनुवृद्धि गरि 64 MP पुर्याईएको छ भने यसमा 8 MP को अल्ट्रा वाइड लेन्स, 5 MP को डेप्थ सेन्सर क्यामेरा को साथै 5 MP को म्याक्रो क्यामेरा को सुबिधा छ l वाइड लेन्स ले फराकिलो फोटो खिच्न त मिल्छ नै बूके मोड को फोटो पनि अझै परिष्कृत बन्ने छ भने यसमा नाइट मोड को बिशेषता पनि थपिएको छ जसले अँध्यारो मा पनि चम्किलो फोटोहरु खिच्न सम्भव हुने छ l अगाडिको क्यामेरामा पनि सुधार गरिएको छ l अब 16 नभई 32 MP मो क्यामेरा को उपयोग हुने भयको ले घर बाहिर र भित्र दितेल्ड फोटो खिच्न मिल्नेछन भने भिडियो कल को गुणस्तरमा पनि थप सुधार आउने छ l दुवै पट्टिका क्यामेराले 4k भिडियो रेकर्डिंग गर्न सक्छन जुन एकदमै स्वागतयोग्य सुधार हो l ब्याट्री यस फोनमा सामसुङ्गले 6000 mAh क्षमताकै ब्याट्री दोहोर्याएको छ तर ग्राहकहरुलाई भने फास्ट चार्जर सामसुङ्गले उपलब्ध गराएको छ जुन सराहनीय छ l रयाम्मा भएको अनुवृद्धिले गर्दा ब्याट्रीको प्रदर्शन सुधारिने छ र एक पटकको चार्जले सजिलै एक दिनभरीलाई मोबाइल चलाउन मिल्ने छ l निचोड Android 10 को साथमा आउने यो फोन सामसुङ्गको यो फोन M 30s लाई परिष्कृत गरि बजारमा ल्यायिएको हो l डिजाइन मिल्दोजुल्दो रहे पनि यसमा camera र RAM मा भने उल्लेखीय सुधार गरिiएको छ l ब्याट्री मैत्री र गुणस्तरीय क्यामेराको माग राख्ने ग्राहकहरुका लागि M 31 पहिलो रोजाई बन्न सक्छ l बजार मूल्य र उपलब्धता बजारमा यस मोबाइलका दुइ संस्करण उपलब्ध छन l जसमध्ये 6 GB + 128 भर्जन को मूल्य रु. 30, 999 रहेको छ भने 8 GB + 128 लाई रु. 35, 699 पर्दछ l
एउटा मृगौलाको लागत रु 60 करोड । यसरी Kidney फलाउने l

Related Articles

Back to top button