वागमती प्रदेशसमाचारसमाज

उपचार गर्न ल्याइएको बिरामीमाथि अज्ञात समुहले आक्रमण

निकायसँग दोषीमाथि कडा कारबाहीको माग गरेको छ

Spread the love

काठमाडौंको स्वयम्भुस्थित मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालको आकस्मिक कक्षमा उपचार गर्न ल्याइएको बिरामीमाथि अज्ञात समुहले आक्रमण गरी अस्पतालमा तोडफोड गरेको छ । अस्पतालका अनुसार बिहीबार राती ९:०२ बजेको समयमा करिब २० – ३० जनाको अज्ञात समूह गुण्डागर्दी शैलीमा आकस्मिक कक्षमा प्रवेश गरि उपचारका लागि भर्ना भएका अर्का घाइतेलाई थप कुटपिट गरेको थियो ।

सो समुहले आकस्मिक कक्षका चिकित्सक, नर्सिङ, प्यारामेडिक्स तथा सरक्षा गाडहरुलाई समेत हातपात गरि ईसिजि मेशिन, ड्रेसिड ड्रम, वस्ने दल, टिचल फोसेब, एम्ब व्याग र अन्य मेडिकल उपकरणहरु तोडफोड गरेको र भिडन्तका क्रममा आकस्मिक कक्ष रक्ताम्य भएकाले हाललाई आकस्मिक सेवा बन्द गरिएको अस्पतालले जनाएको छ ।

अस्पतालले घटनाको भत्र्सना गर्दै सम्वन्धित  । आकस्मिक कक्ष र अस्पतालभित्र रहेका अन्य विरामीहरुलाई आवश्यक उपचारको व्यवस्था गर्ने अस्पतालले जानकारी दिएको छ ।

निकट स्रोतको अनुसार आक्रमणकर्ता सत्तारुढ दल को भातृ संगठन को कार्यकर्ता रहेको बुझिएको छ ।

एउटा मृगौलाको लागत रु 60 करोड । यसरी Kidney फलाउने l

Related Articles

Check Also
Close
Back to top button