फोटोभिडियोराजनितिसमाचार

डा. केसीलाई प्रहरीले बीच बाटोबाटै जबरजस्ती पुर्‍याइयो ट्रमा सेन्टर ।

डा. गोविन्द केसीलाई अस्पताल ल्याउन त्रिवि शिक्षण अस्पतालले एम्बुलेन्स पठाएको थियो।

Spread the love

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा उत्रिएका डाक्टर गोविन्द केसीलाई अस्पताल ल्याउन त्रिवि शिक्षण अस्पतालले एम्बुलेन्स पठाएको थियो।

जुम्लामा अनशन बसेका डाक्टर केसी आठौं दिनमा काठमाडौं ल्याइएको थियो। जुम्लाबाट सोमबार नेपालगञ्ज जहाजबाटै पुर्‍याइएका केसीलाई मंगलबार बुद्ध एयरबाट काठमाडौं ल्याइएको हो।

उनको स्वास्थ्य अवस्था बिग्रँदै गएको र जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार अस्वीकार गरेपछि केसीलाई काठमाडौं ल्याइएको हो।

जहाजबाट उत्रेका डाक्टर केसीलाई शिक्षण अस्पतालबाट पठाइएको गाडीमा  राखियो। उक्त गाडीका चालक हुन्- मिठराम थापा।

अस्पताल प्रशासन प्रमुख माधवप्रसाद घिमिरेले डाक्टर केसीलाई शिक्षण अस्पताल ल्याउनु भनेपछि आफू एम्बुलेन्स लिएर विमानस्थल पुगेको उनले जानकारी दिए।

जब डाक्टर केसीलाई एम्बुलेन्समा राखियो तब त्यहाँ प्रहरीहरू पनि बसे। विमानस्थल गेटबाट केही अगाडि पुगेपछि थप प्रहरी एम्बुलेन्समा चढे।

‘डाक्टर केसीले विमानस्थल गेटबाट बाहिर लागेपछि म टिचिङ नै जाने होभन्नुभएको थियो,’ चालक थापाले सेतोपाटीसँग भने, ‘प्रहरीहरू मानेनन्, जबरजस्ती ट्रमा सेन्टर लैजाने भनिरहे।’

प्रहरीले भनेपछि आफू शिक्षण अस्पतालतर्फ नगई ट्रमा पुगेको उनले बताए।‘ट्रमा पुगेपछि जवरजस्ती डाक्टर केसीलाई प्रहरीले एम्बुलेन्सबाट निकाल्यो,’ उनले भने, ‘डाक्टर केसी मान्नुभएको थिएन। मैले काम गरेको टिचिङमा हो म त्यहीँ जाने हो भन्नुभएको थियो। बसेको ठाउँबाट उठाएर लगेका हुन्।’

 

टिचिङ अस्पतालमा कोरोना संक्रमणका बिरामी भएको भन्दै प्रहरीले ट्रमा सेन्टरमा डाक्टर केसीलाई राखिएको प्रहरीले जनाएको छ।‘डाक्टर केसीको इच्छविपरीत उहाँलाई प्रहरीले ट्रमा लगेको हो,’ उनले भने, ‘विमानस्थलबाट हिँड्दा टिचिङ जाने भने पनि रिङरोडमा पुगेपछि प्रहरीले ट्रमामा लिएर हिँड्न भनेका हुन्।’

टिचिङमै पहिले कार्यरत रहेकोले डाक्टर केसीलाई लिन आफू विमानस्थल पुगेको उनको भनाइ छ।

प्रहरीले जबरजस्ती एम्बुलेन्सबाट निकालेर ट्रमा सेन्टरभित्र लिन खोजेपछि डाक्टर केसीले ‘यो ओलीको गुन्डागर्दी तानाशाहीतन्त्र-मुर्दावाद! भन्दै नारा लगाएका थिए।

प्रहरीले भने डाक्टर केसीलाई अनुरोध गर्दा पनि नमानेपछि जबरजस्ती गर्नु परेको बताएको छ।

‘उहाँलाई किन ट्रमा लगिएको कुरामा मैले बोल्ने कुरा होइन। तर वीर र टिचिङलाई कोभिड डेडिकेटेड अस्पताल बनाएको भएर त्यहाँ लगिएको हुन पर्छ,’ महानगरीय प्रहरी परिसरका प्रमुख एसएसपी श्याम ज्ञवालीले भने,’उहाँ जाँदै जानुहुन्न भनेर प्रहरीले बाटोमै छाड्न मिल्छ र? दुई हात जोडेर नमस्कार गरेको छ। पनि खिच्दिनु पर्‍यो नि।

झर्नै नखोज्नु भएपछि त्यस्तो भएको हो।’उनको रक्तचाप कम, रगतमा चिनीको मात्रा कम देखिएको छ। मांसपेशीहरू बाउँडिने समस्या छ। मुटुको धड्कन पनि अनियमित छ।

एउटा मृगौलाको लागत रु 60 करोड । यसरी Kidney फलाउने l

BIKRAM RANA

Hi, I am Bikram Rana !

Related Articles

Check Also
Close
Back to top button