फोटोसमाचारसमाजस्वास्थ्य

अल्का र मेघा अस्पतालमा ललितपुरका दुई जना कोरोना संक्रमितको मृत्यु ।

कोरोना संक्रमित व्यक्तिको मृत्यु ।

Spread the love

ललितपुरमा थप दुई जना कोरोना संक्रमित व्यक्तिको मृत्यु भएको छ।

जावलाखेलस्थित अल्का अस्पताल र सानेपास्थित मेघा अस्पतालमा उपचाररत दुई जना वृद्धको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ।

अल्का अस्पतालमा पाटनका ७४ वर्षीय वृद्धको मंगलबार राति सवा दुई बजे मृत्यु भएको हो। गत भदौं १६ गते अस्पताल भर्ना भएका उनमा कलेजोमा समस्या थियो। उपचारकै क्रममा उनलाई कोरोना पोजेटिभ देखिएको थियो।

यस्तै मेघा अस्पतालमा उपचाररत धापाखेलका ८० वर्षीय वृद्धको भने मंगलबार साँझ ५ बजे मृत्यु भएको थियो। उनी गत भदौं ६ गते अस्पताल भर्ना भएका थिए। अहिले दुबै मृतकको शव व्यवस्थापन गर्ने तयारी भइरहेको छ।

ncell in
एउटा मृगौलाको लागत रु 60 करोड । यसरी Kidney फलाउने l

BIKRAM RANA

Hi, I am Bikram Rana !

Related Articles

Back to top button