भलको पानी पसेर चितवनको भरतपुर अस्पताल जलमग्न भएको छ ।
कोठा हेर्न आएका व्यक्तिद्वारा महिला लुटिइन्

भलको पानी पसेर चितवनको भरतपुर अस्पताल जलमग्न भएको छ ।
अस्पतालको आकस्मिक कक्ष र अन्य वार्डभित्रै पानी पसेपछि बिरामी र तिनका आफन्त मर्कामा परेका छन् । चिकित्सक तथा नर्सहरु बुट लगाएर उपचारमा खटिएका छन्.।
अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार आकस्मिक कक्ष, अब्जरभेसन, स्टोर लगायतका कोठामा पानी पसेको छ ।
चार वर्ष अघि पनि अस्पतालको स्टोर कक्षमा पानी पसेको थियो । तर बिरामी राखिएकै कोठामा पानी पसेको भने यही वर्ष हो ।
यो पनि पढ्नुहोस भरतपुरमा निकास विनाको विकास : नहर मासेर सडक, सडकमा पानी
ढल निकासको उचित प्रबन्ध नहुँदा अस्पतालभित्रै पानी पसेको स्थानीय बताउँछन् । पानीको उचित निकास नहुँदा अस्पताल वरपर बर्सेनि डुवानको समस्या हुने गर्दछ ।
लगातार दुई दिनसम्म पानी पर्दा भरतपुर अस्पतालसँगै प्रायः सबै सरकारी कार्यालयहरु डुवानमा परेका छन् । भरतपुर महानगरपालिका अधिकांश वडा पनि जलमग्न भएका छन
कोठा हेर्न आएका व्यक्तिद्वारा महिला लुटिइन्
८ असोज, काठमाडौं । भाडामा बस्नका लागि कोठा हेर्ने निहुँमा आएका दुईजनाले पेप्सिकोलामा एक महिलालाई लुटेका छन् ।
घरमा अन्य व्यक्ति नभएका वेला फ्ल्याट हेर्नेभन्दै भइरहेको छ । फुटेजमा उनीहरु स्कुटरमा चढेर भागेको देखिएको छ । हतारमा उनीहरूले चप्पल पनि छाडेको प्रहरीले जनाएको छ ।
हालसम्म घटनामा संलग्न अभियुक्त पक्राउ परेका छैनन्
कोरोना संक्रमित गर्भवतीले पोखरामा पहिलोपटक जन्माइन् बच्चा
पोखरामा पहिलोपटक कोरोना संक्रमित गर्भवतीले अप्रेसनमार्फत बच्चा जन्माएकी छिन्।
भारतको मोतीहारी घर भएकी २४ वर्षीय गर्भवतीले बुधबार दिउँसो अप्रेसन मार्फत बच्चा जन्माएका पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका निर्देशक डा. अर्जुन आचार्यले जानकारी दिए।
अस्पतालको प्रसुती वार्डमा असोज ५ गते भर्ना भएकी ती महिलामा कोरोना संक्रमणको आशंकामा स्वाब परिक्षण गरिएको थियो।
स्वाब परिक्षण गर्दा असोज ६ गते उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो। संक्रमण देखिएपछि गर्भवती महिलालाई कोभिड–१९ उपचार केन्द्रको आइसोलेसनमा भर्ना गरिएको थियो।
यसअघि सुत्केरी महिलालाई कोरोना संक्रमण देखिएपनि गर्भवती अवस्थामै कोरोना पुष्टि भएर बच्चा जन्माउने उनी पहिलो महिला हुन्।
अहिले बच्चाको आइसियुमा उपचार भइरहेको छ भने आमाको अवस्था सामान्य रहेको अस्पतालका निर्देशक डा. आचार्यले बताए।
कोरोना संक्रमित गर्भवतीको अप्रेसनमा थप सावधानी अपनाएको डा. आचार्यले बताए। अप्रेसन गर्दा स्वास्थ्यकर्मीले पिपिई लगाएर स्वास्थ्य सावधानी अपनाएको उनको भनाइ छ।
अप्रेसनमा अस्पतालका चिकित्सकहरू एनेस्थेसिया तर्फ डा. रोहिणी सिग्देलले नेतृत्व गरेका थिए भने शल्यक्रियातर्फ स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. चुममाया पुन, बालरोग विभागका डा. प्रज्ञा शाक्य, नर्सिङ कर्मचारीहरु आरती अधिकारी, लक्ष्मी पराजुली, गिता परियार र कार्यालय सहयोगी पवित्रा भण्डारी लगायत खटिएका थिए।
एसिड छ्याप्नेलाई कडा कारबाही गर्न अध्यादेश ल्याउने सरकारको निर्णय
सरकारले एसिड आक्रमण गर्नेलाई कारबाही गर्ने कडा कानुन बनाउन अध्यादेश ल्याउने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले एसिड आक्रमण सम्बन्धी अध्यादेश ल्याउने निर्णय गरेको हो ।
कानूनमन्त्री शिवमाया तुम्बाहाङ्फेले मन्त्रिपरिषदमा पेस गरेको अध्यादेश स्वीकृत गरी छिट्टै राष्ट्रपति कार्यालय पठाइने बताइएको छ । नयाँ कानुनअनुसार एसिडसम्बन्धी कसुरमा २० वर्षसम्मको सजाय र १० लाखसम्म जरिवाना तोकिएको छ ।
आक्रमणकारीको सम्पत्ति रोक्का गरेर पीडितलाई तुरुन्तै क्षतिपूर्ति भराइने पनि नयाँ कानुनमा व्यवस्था गरिएको छ । एसिड छ्यापेर पीडितको अनुहार, आँखा, नाक, कान, घाँटी तथा संवेदनशील अङ्गमा क्षति पुर्याइएमा २० वर्षसम्म कैद सजाय निर्धारण गरिएको हो । शरीरका अन्य अङ्गमा तेजाब मात्रै परे १० वर्ष सजाय भुक्तान गर्नुपर्ने छ ।
एसिड बिक्रीमा पनि सरकारले कडाइ गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालयबाट लाइसेन्स लिएर मात्र बिक्री वितरण गर्न पाइने र वर्षैपिच्छे लाइसेन्स, बिक्री इजाजत अद्यावधिक, नवीकरण गर्नुपर्ने नयाँ कानुनमा व्यवस्था छ ।