आइतबार एक कार्यक्रमको आयोजना गरी कल्याणकारी कोषले नेपाली पूर्व र वर्तमान खेलाडीलाई उपचारका लागि एथलेटिक्स, बास्केटबल, जुडो र कबड्डीका गरी चार जनालाई जम्मा ४ लाख रुपैयाँ प्रदान गरिएको राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार सिलवालले बताए । एथलेटिक्सका पूर्व राष्ट्रिय खेलाडी रविनकुमार राईको परिवारलाई १ लाख रुपैयाँ प्रदान
गरिएको छ । क्यान्सर रोगबाट पीडित राईको गत साउन १९ गते निधन भएको थियो । उक्त रकम राईकी धर्मपत्नी मन्जु श्रेष्ठ राईलाई हस्तान्तरण गरिएको हो ।
राईका ८ वर्षीय छोरा संकल्प पनि आँखाको क्यान्सरबाट पीडित छन् । सो रोगबाट उनको दुवै आँखाको ज्योति पनि गुमेको छ । सदस्य सचिव सिलवालले पूर्व तथा वर्तमा खेलाडी र प्रशिक्षकहरुको बीमा गर्न सके सहयोगबाट बञ्चित हुने अवस्था नआउने बताए । उपचार रकम जुटाउन सक्नेलाई समेत राज्य र संघको तर्फबाट भएकाले सहयोगले सम्मान हुने उनले बताए ।आज नै बास्केटबलकी सविता खड्कालाई १ लाख २५ हजार, जुडोका पूर्व खेलाडी पृथ्वी आलोकलाई १ लाख र कबड्डीकी मनीषा विष्टलाई ७५ हजार रुपैयाँ प्रदानगरिएको छ । तीनैलाई घुडाको समस्या छ । मनीषाको रकम नेपाल कबड्डी संघका प्रतिनिधिले बुझाउने गरी बुझेका छन् । राखेपका सदस्य–सचिव एवं कोषका अध्यक्ष सिलवालले उनीहरुलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् । आज नै बास्केटबलकी सविता खड्कालाई १ लाख २५ हजार, जुडोका पूर्व खेलाडी पृथ्वी आलोकलाई १ लाख र कबड्डीकी मनीषा विष्टलाई ७५ हजार रुपैयाँ प्रदानगरिएको छ । तीनैलाई घुडाको समस्या छ । मनीषाको रकम नेपाल कबड्डी संघका प्रतिनिधिले बुझाउने गरी बुझेका छन् । राखेपका सदस्य–सचिव एवं कोषका अध्यक्ष सिलवालले उनीहरुलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।
२०६८ सालमा स्थापना भएको खेलाडी कल्याणकारी कोषले समस्यामा परेका खेलाडीलाई सहयोग गर्दै आएको छ । यस अघि कोषले २०७२ सालको महाभूकम्पमा ज्यान गुमाएका खेलाडी, प्रशिक्षक र खेल पत्रकार गरी १२ परिवारलाई समान १–१ का दरले आर्थिक सहयोग उपलब्ध गराएको थियो । भूकम्पकै कारण अन्य क्षति व्यहोरोका ८० खेलाडीलाई जनही २० हजारका दरले आर्थिक सहयोग प्रदान गरेको थियो ।
sponsored