
Spread the love
महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले जुम्लाका २४ वर्षीय पसल रोकायालाई पक्राउ गरेको हो।
उनलाई पक्राउ गरी काठमाडौं ल्याइदैँ गरेको परिसरका प्रवक्ता प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले सेतोपाटीलाई जानकारी दिए।
उनीविरूद्ध अहिले परिसरमा मात्रै विद्युतीय ऐन तथा ठगी सम्बन्धी ४-५ वटा निवेदन परेको प्रहरीले जनाएको छ।
‘अहिले उनीविरूद्ध ४-५ वटा मुद्दा परेको छ। साइबर अपराधसम्बन्धी अरू पनि मुद्दाहरु छन् हामी खोज्दैछौं,’ उनले भने।
कसैलाई नर्स बनाउने भन्दै यौन दुर्व्यवहार गर्ने, भिडिओ बनाउने, ठगी गर्ने गरेको पनि आरोप छ।
उनलाई काठमाडौं ल्याइसकेपछि विस्तृत विवरण आउने प्रहरीले बताएको छ।
उनी यसअगाडि पनि प्रहरी नियन्त्रणमा परेका थिए। एक लाख धरौटी तिरेर त्यसबेला छुटेका थिए।