
Spread the love
मकवानपुरको भीमफेदी गाउँपालिका– गढीमा आज दिउँसो जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ।
हेटौँडाबाट भीमफेदीतर्फ जाँदै गरेको ना १ ज ४१०६ नम्बरको जीप सडकबाट करिब डेढ सय मिटर तल खसेर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता इन्द्रबहादुर रानाले जानकारी दिए।
मृतकको हाल सनाखत हुन नसकेको प्रहरीले जनाएको छ।
उनका अनुसार उक्त दुर्घटनामा परी चालकसहित तीन जना गम्भीर घाइते भएका छन् । उनीहरुको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ।
उक्त जीपमा चालकसहित आठ जना सवार थिए ।