फोटोभिडियोरोचकसमाचारस्वास्थ्य

जनता माग्छ अस्पताल, सरकार दिन्छ भ्यूटावर’ (तस्बिरहरू) !!!

यसबरे पुरा समाचार पाउनकालागी तल पढ्नुहोस् ।

Spread the love

चिकित्सा शिक्षा सुधारको माग राखेर अनसनमा बसेका डाक्टर गोविन्द केसीको समर्थनमा त्रिवि शिक्षण अस्पतालमा चिकित्सकहरूले प्रदर्शन गरेका छन्।आइतबार चिकित्सकहरूले डाक्टर केसीले राखेका माग सम्बोधन गर्न दवाव दिन प्रदर्शन गरेका हुन्।

१९ औं पटक डाक्टर केसी अनसनमा छन्। जुम्लामा अनसन बसेका उनलाई काठमाडौं ल्याएर शिक्षण अस्पताल राखिएको छ।

उनको स्वास्थ्य बिग्रँदै गएको छ। उनलाई बेलाबेला अक्सिजनसमेत दिनुपरेको चिकित्सकहरूको भनाइ छ।

डाक्टर केसीको स्वास्थ्य बिग्रँदै गए पनि सरकारले वार्ताका लागि कुनै पहल गरेको छैन। सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले केही दिन अगाडि अहिले अनसन बस्ने समय नभएकोले फिर्ता लिन आग्रह गरेका थिए।

चिकित्सकहरूले हातमा कालोपट्टी बाँधेर ‘जनता माग्छ अस्पताल सरकार दिन्छ भ्यूटावर’ जस्ता लेखिएका प्लेकार्ड लिएर शान्तिपूर्ण प्रदर्शन गरेका हुन्।

एउटा मृगौलाको लागत रु 60 करोड । यसरी Kidney फलाउने l

Related Articles

Check Also
Close
Back to top button