
महानगरीय प्रहरी वृत्त जगातीले शनिबार राति ११ बजे भक्तपुर नगरपालिका-८ बाट दुई जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा सिन्धुपालचोक चौतारा साँगाचोकगढी गाँउपालिका-१०का २२ वर्षीय निरकुमार खड्का र जुगल गाँउपालिका-४ का २१ वर्षीय सुरे
उनीहरूले ती किशोरीलाई १६ र १७ गते पटक-पटक बलात्कार गरेको भक्तपुर प्रहरी परिसरका प्रवक्ता निरीक्षक सुवास बुढाथोकीले जानकारी दिए।
ती किशोरीका परिवार अहिलेसम्म सम्पर्कमा आएका छैनन्। सिन्धुपाल्चोक घर भएकी ती किशोरी अहिले वृत्त जगातीको संरक्षणमा छिन्।
श श्रेष्ठ छन्। उनीहरूले बा ३ ख २६१२ नम्बरको मिनीबसमा लगेर बलात्कार गरेका थिए।
‘उनीहरूबीच चिनजान नभएको र भेट हुँदा लठ्ठिने औषधी खुवाएर बसमा बलात्कार गरेको भनेकी छन्,’ प्रहरी स्रोतले भन्यो,’हामीले बसका दुई स्टाफलाई नियन्त्रणमा लिएका छौं।’
घटनामा संलग्न अर्का एक जनाको खोजी भइरहेको भक्तपुरकी एसपी तारादेवी थापाले बताइन्।