फोटोभिडियोरोचकवागमती प्रदेशसमाचारसमाज

दसैंको बजार अनुगमनमा सडेको कुखुराको मासु भेटिएपछि…(भिडिओ) !!!

काठमाडौं महानगरपालिकाले दसैंको मुखैमा बजार अनुगमन सुरू गरेको छ। महानगरपालिकाले मासु र खाद्यान्न पसलहरूमा अनुगमन सुरू गरेको हो।

Spread the love

महानगरपालिकाले काठमाडौंका विभिन्न स्थानमा मासु पसलमा विक्री गर्न राखिएका सडेका मासु नष्ट समेत गरेको छ।

अनुगमनका क्रममा मासु पसलमा केही मात्रामा सडेको कुखुराको मासु विक्री गर्न राखेको पाइएको थियो। त्यस्तै, म्याद गुज्रेको मसला समेत पाइएको छ।

महानगरपालिकाका पशुविकास अधिकृत डम्बर बहादुर बमले मासु पसलमा अनुगमन गर्दा सडेको मासु फेला परेको बताए।

त्यस्तै, पसलमा अस्तव्यस्त रूपमा मासु राखिएको, बधशाला फोहोर भएको पाइएकोले स्पष्ट जवाफसहित महानगरमा आउन भनिएको बमले बताए। 

महानगरपालिकाले मैतिदेवी क्षेत्रका खाद्य पसल तथा मासु पसलको अनुगमन गरेको हो।

त्यस क्रममा केही पसलहरू दर्ता नगरी सञ्चालन गरेको, ढक तराजु प्रमाणीकरण नगरी प्रयोग गरेको पाइएकोले सचेत गराइएको बमले बताए।

एउटा मृगौलाको लागत रु 60 करोड । यसरी Kidney फलाउने l

Related Articles

Back to top button