
काठमाडौं । ज्योतिष शास्त्रका बारेमा चासो राख्नेहरुका लागि यस सम्बन्धि पुस्तक नेपाली भाषामा उपलव्ध हुने भएको छ । ज्योतिष डा.उत्तम उपाध्याय न्यौपानले ‘के भन्छन् तपाईंका कुण्डलीका ग्रहले’ नामक पुस्तक प्रकाशन गरेसँगै ज्योतिषका बारेमा चासो राख्नेले नेपाली भाषामा पुस्तक अध्ययन गर्न सक्ने भएका छन् । पुस्तकमा ज्योतिषसम्बन्धी सामान्य ज्ञानदेखि लिएर कतिपय विषयमा विस्तृत विवरणसमेत दिने प्रयास गरिएको छ ।पुस्तकमा ज्योतिषशास्त्रका सिद्धान्त र संहितालाई संक्षेपमा विश्लेषण गरिएको छ । त्यसैगरी ग्रह नक्षत्रादिको गति स्थिति, आकाशीय घटना, ग्रहहरुको उदय, अस्त, सूर्यग्रहण, चन्द्रग्रहणलगायतका विषयमा पनि यो पुस्तकमा स्पष्ट पारिएको छ । त्यस्तै व्यक्ति विशेषका बारेमा शुभाशुभ फल, विवाह, ब्रतबन्ध, गृहारम्भ, गृह प्रवेश आदि विभिन्न विषयमा शुभ मुहूर्त प्रतिपादन गर्ने तरीका लगायतका विषय पुस्तकमा समेटिएको पुस्तकका लेखक डा न्यौपानेले जानकारी दिए । पुस्तकमा ज्योतिषसम्बन्धी सामान्य ज्ञानदेखि लिएर कतिपय विषयमा विस्तृत विवरणसमेत दिने प्रयास गरिएको छ ।पुस्तकमा ज्योतिषशास्त्रका सिद्धान्त र संहितालाई संक्षेपमा विश्लेषण गरिएको छ । त्यसैगरी ग्रह नक्षत्रादिको गति स्थिति, आकाशीय घटना, ग्रहहरुको उदय, अस्त, सूर्यग्रहण, चन्द्रग्रहणलगायतका विषयमा पनि यो पुस्तकमा स्पष्ट पारिएको छ । त्यस्तै व्यक्ति विशेषका बारेमा शुभाशुभ फल, विवाह, ब्रतबन्ध, गृहारम्भ, गृह प्रवेश आदि विभिन्न विषयमा शुभ मुहूर्त प्रतिपादन गर्ने तरीका लगायतका विषय पुस्तकमा समेटिएको पुस्तकका लेखक डा न्यौपानेले जानकारी दिए । ज्योतिषशास्त्रमा ९ वटा ग्रह मानिन्छन् । यो पुस्तकमा ९ वटै ग्रह (सूर्य, चन्द्रमा, मंगल, बुध, वृहस्पति, शुक्र, शनि, राहु र केतु) ले दिने शुभ तथा अशुभ फलका बारेमा गहन अध्ययन गरिएको छ । यस्तै यी नौ वटै ग्रहले व्यक्तिको कुण्डलीका प्रत्येक भावमा प्रभाव एवम् प्राचीन विस्तारसँग प्रस्तुत गरिएको छ ।
डा. उपाध्यायले होराशास्त्रका आधारमा लेखेको यो पुस्तकमा मेषादी राशिको र सूर्यादी ग्रहहरुको गति स्थिति स्वरुप स्पष्ट लेख्नुका साथै उच्च नीच स्थान परिचय र केन्द्र त्रिकोण स्थानको विवरण पनि दिएका छन् । यसपछि कुन भावबाट के–के कुरा हेर्ने, कुन ग्रहको वर्ण एवम् स्वभाव कस्तो हुन्छ आदि विषय प्रतिपादन गर्दै राजयोग कसरी बन्छ, ग्रहहरुको राम्रो र स्थानअनुसारको शुभाशुभ फल के कस्तो हुन्छ आदि विषय विस्तृत रुपमा लेखेका छन् ।
ज्योतिष तथा वास्तुविज्ञ डा. उपाध्यायको यसअघि ग्लोबल वास्तु नामक पुस्तक पनि प्रकाशित छ ।