फोटोमनोरञ्जनसमाचार

शिवको प्रश्न–‘एक महिनामै पाक्ने संगीत स्वस्थकर होला त ?’

Spread the love

हिजोआज कुनै गीत सार्वजनिक हुन खासै समय लाग्दैन । गीत हतारमा लेखेर, हतारमै रेकर्ड गराएर हतारमै म्यूजिक भिडियो बनाएर हतारमै रिलिज गरिन्छ । संगीतमा सुगन्ध हराएको छ । हरेक दिन सार्वजनिक हुने गीतसंगीतमा मिठास हराएका छन् । प्रतिस्पर्धा र व्यापार मात्र फस्टाएको छ । युटुबमा भ्यूज र ट्रेन्डिङमा आएपछि २ दिन सामाजिक संजालमा रमाउनु बाहेक कुनै सर्जकले संगीत सिर्जना गरेर के उपलब्धी गर्यो भन्न सकिने अवस्था छैन ।यसले उत्कृष्ट संगीत सिर्जना गर्ने, एउटै गीतका लागि महिनौ समय लगाएर संगीत बनाउने सर्जकहरु निराश हुन थालेका छन् । संगीतको बजारमा कला भन्दा पैसा हाबी छ ।

गायक शिव परियारको गुनासो पनि यस्तै छ । उनले संगीतलाई अन्न बालीसँग तुलना गरेका छन् । ३ महिनामा पाक्ने बालीलाई बिषादी प्रयोग गरेर एक महिनामै पकाए जसरी संगीत पनि यस्तै भएको उनको तर्क छ । उनले प्रश्न गरेका छन्–‘यसरी पाकेको संगीत संगीत जगतकै लागि के स्वस्थकर होला त ?’उनले लेखेका छन्–‘संगीत भनेको अन्न बाली जस्तै लाग्न थालेको छ हिजोआज । जसरी सही हावा, पानी र वातावरण पाउँदा अन्न बाली सप्रिन्छ, नपाउँदा विग्रन्छ । त्यस्तैगरि संगीत पनि फुल्न सही हावा पानी र वातावरण चाहिने रहेछ । अन्न बाली रोप्न माटो, हावा, पानी र वातावरण चाहिए जस्तै संगीत रोप्न पनि श्रोताहरुको मिल्दो मन, भावना र मस्तिष्क चाहिने रहेछ ।’

एउटा मृगौलाको लागत रु 60 करोड । यसरी Kidney फलाउने l

Related Articles

Back to top button