फोटोरोचकसमाचारसमाज

कांग्रेसको प्रदर्शनमा क्रममा झडप, २२ प्रहरी घाइते !!!

पुरा जानकारीका लागि तल पद्नुहोला ।

Spread the love

सर्लाहीमा एक व्यक्तिको हत्या प्रकरणमा छानविनको माग गर्दै नेपाली कांग्रेसले प्रदर्शन गरेको छ ।  रामनगर गाउँपालिका वडा नम्बर ७ बस्ने महेन्द्र रामको हत्या प्रकरणको सत्य तथ्य छानबिनको माग गर्दै काँग्रेसले प्रदर्शन गरेको हो । प्रदर्शनमा क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप हुन पुगेको छ। बुधबार प्रतिनिधिसभा सांसद अमरेशनारायण सिंह, नागेन्द्रकुमार यादव, प्रदेश नम्बर २ का प्रमुख सचेतक उपेन्द्र कुश्वाहा, प्रदेशसभा सदस्य वीरेन्द्र प्रसाद सिंह लगायत सहभागी भएको सो विरोध प्रदर्शनमा निषेधित क्षेत्र तोड्न खोजिएपछि प्रहरीले अश्रुग्यास प्रहार गर्नुका साथै लाठीचार्च समेत हो । सो क्रममा प्रदर्शनकारीले ढुगामुढा गरेका थिए ।  महेन्द्र रामका मृत्य रहस्यमय भएकाको भन्दै सोको छानबिन र उजुरी लिन माग गर्दै प्रदर्शनमा सहभागीहरु जिल्ला प्रहरी कार्यालय अगाडि पुगेपछि घटनाले अर्को रुप लिएको थियो ।प्रहरी हस्तक्षेपका क्रममा केही प्रदर्शनकारी घाइते भएको प्रदेशसभा सदस्य वीरेन्द्र प्रसाद सिंहले जानकारी दिए । प्रदेश प्रहरी प्रमुख धिरजप्रताप सिंहले कांग्रेस कार्यकर्ता र प्रहरी बीच भएको झडपमा नेपाल प्रहरीका पनि २२ जना र सशस्त्र प्रहरीका ४ जना घाइते भएको जानकारी दिए । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक मदन कुँवर, इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाट, सशस्त्र प्रहरीका इन्सपेक्टर राजकुमार झासहित २२ जना प्रहरी घाइते भएका हुन् ।                                                                                                                                                        राममाथि गत २१ गते बेलुका आफ्नो घरअघि बसिरहेको बेला करिब १५ जनाको समूहमा आएका अज्ञात व्यक्तिहरुले धारिलो हतियारले आक्रमण गरेका थिए । गम्भीर घाइते भएका रामको २२ गते उपचारको क्रममा वीरगंज स्थित इन्डो अस्पतालमा मृत्यु भएको थियो ।कांग्रेसले घटनाका दोषीलाई कारबाही तथा मृतक रामलाई सहिद घोषणा गर्न माग गरेको छ ।

एउटा मृगौलाको लागत रु 60 करोड । यसरी Kidney फलाउने l

Related Articles

Back to top button