डा. गौतमका अनुसार भारत सरकारले अनुदानमा उपलब्ध गराएको खोप ‘कोभिशिल्ड’ देशभरका २०१ खोप केन्द्रबाट एक लाख ८४ हजार ८५७ जनालाई दिइएको छ ।
जसअनुसार प्रदेश नं. १ मा २४ हजार २२४, प्रदेश नं. २ मा २५ हजार ६३७, बागमती प्रदेशमा ६३ हजार ३०८, गण्डकी प्रदेशमा १८ हजार ४७२, लुम्बिनी प्रदेशमा २८ हजार ९४१, कर्णाली प्रदेशमा नौ हजार ४२० र सुदूरपश्चिम प्रदेशमा १४ हजार ८५५ जना छन् ।
सरकारले यही माघ १४ गतेदेखि कोरोनाविरुद्धको खोप अभियान सुरु गरेको थियो । पहिलो चरणमा कूल जनसंख्याका तीन प्रतिशतलाई खोप लगाउनेमध्ये स्वास्थ्यकर्मी, सफाइकर्मी, सुरक्षाकर्मी, शव वाहन चालक, स्वास्थ्य स्वयंसेविकालगायत थिए ।
नेपालमा कूल जनसंख्याको ७२ प्रतिशतलाई खोप लगाउने सरकारको योजना छ । भारत सरकारले अनुदानमा १० लाख मात्रा खोप उपलब्ध गराएको थियो ।
यस्तै चीन सरकारले पनि नेपाललाई पाँच लाख मात्रा खोप उपलब्ध गराउने जनाएको छ ।