समाचार

पोखरामा दिउसै अँध्यारो ,असिना पनि पर्यो

Spread the love

पोखरा आज दिउँसै अन्धकार बनेको छ । दिउँसो २ बजे सम्म चर्को घाम लागेको पोखराको मौसममा अचानक परिवर्तन आएर वर्षात समेत भएको छ । केहिबेर अघिदेखि यहाँ पानी पर्न थालेको छ । दिउँसो २ बजेबाट पोखरामा सिमसिम पानी पर्न सुरु भएको छ  र हल्का केही स्थानमा असिना समेत परेको छ, जल तथा मौसम विज्ञान विभागले पश्चिमी वायुको प्रभावका कारण देशका अन्य पहाडी जिल्लाहरुमा हल्का पानी पर्न सक्ने जनाएको छ । भोलि दिउसोसम्म पानी पर्न सक्ने जनाइएको छ ।

दुई दिन यता पोखराको तापाक्रममा सामान्य बृद्धी आएको थियो । तर पानी परेपछि फेरी मौसम हल्का चिस्सिएको छ । अब केहि दिनको वर्षातपछि मौसममा परिवर्तन आइ विस्तारै गर्मी बढ्ने विभागले जनाएको छ । पोखरामा पानी परेपछि घरबाट बाहिर निस्किनुपर्ने मानिसहरु छाता ओढेर निस्किएका छन् । सडकमा सवारीपनि हल्का पातलो देखिएको छ ।

 

sponsored

Related Articles

Back to top button