समाचार
संसदीय दलको नेताबाट केपी ओली, उपनेताबाट सुवास नेम्वाङलाई हटाउने प्रचण्ड-नेपाल समूहको निर्णय

Spread the love
संसदीय दलको नेताबाट केपी ओली, उपनेताबाट सुवास नेम्वाङ र सचेतकबाट शान्ता चौधरीलाई जिम्मेवारबाट हटाउने निर्णय
प्रचण्ड-नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले संसदीय दलको नेताबाट केपी ओली, उपनेताबाट सुवास नेम्वाङ र सचेतकबाट शान्ता चौधरीलाई जिम्मेवारबाट हटाउने निर्णय गरेको छ।
पार्टी कार्यालय पेरिस डाँडामा बुधबार बसेको स्थायी कमिटी बैठकले दलको नेता, उपनेता र सचेतक परिवर्तन गरेको हो।
यसअघि आजै बसेको स्थायी कमिटी बैठकले संसदीय दलको नेता, उपनेता र सचेतक फेर्ने एजेन्डा केन्द्रीय कमिटी बैठकमा लैजाने निर्णय गरेको थियो।