समाचार

पोखरा, लामाचौरमा २०७७ र ११र२५ मा रोबोटिक्स क्लबको १६औँ अधिवेशन सम्पन्न भएको छ ।

Spread the love

पोखरा,
ईन्जिनियरिङ अध्ययन संस्थान, पश्चिमाञ्चल क्याम्पस, पोखरा, लामाचौरमा २०७७र११र२५ मा रोबोटिक्स क्लबको १६औँ अधिवेशन सम्पन्न भएको छ ।
उक्त अधिवेशनबाट ईलेक्ट्रोनिक्स तेस्रो वर्षमा अध्ययनरत विद्ध्यार्थी शिशिर बाबु रिजाल क्लबको कार्यकारी प्रमुख भएका छन ।
साथै सचिन गिरी, रोशन के।सि।, शिक्षा श्रेष्ठ, सगर थापा र कुशल गुरागाँई भाइ तथा बहिनी कार्यकारी सदस्य भएका छन ।
उक्त कार्यक्रममा ईलेक्ट्रोनिक्स डिपार्टमेन्टका प्रमुख हरि बराल, मेकानिकल डिपार्टमेन्टका प्रमुख डा। प्रबिज जोशी तथा ईलेक्ट्रिकल डिपार्टमेन्टका सहायक प्रमुख सुरज श्रेष्ठ गुरुहरुले आ(आफ्ना मन्तब्य राख्नु भएको थियो । उहाँहरुले डिपार्टमेन्टले क्लबलाई साथ र सहयोग दिन हरदम तत्पर भयको र आउने दिनहरुमा अरु प्रोजेक्टहरुमा पनि काम गर्ने कुरा रख्नु भएको थियो।
साथै, क्लबका पूर्व सदस्य सिद्धान्त बरालले क्लबले अझै धेरै प्राविधिक कामहरु गर्नुपर्ने बताउनु भयो ।
कार्यक्रममा नव समितिका प्रमुख तथा सदस्यहरुले आ(आफ्नो कुराहरु र भावी योजनाका बारे कुरा रखेका थिए।
अब क्लब ले अझै धेरै प्राविधिक र राम्रो कामहरु गर्ने र विद्यार्थीहरु सँग सहकार्य गरेर अघि बढ्ने कुरा क्लब प्रमुख रिजालले बताएका थिए ।
यो क्लब वि।सं। २०६२ मा स्थापना भएको थियो । नयाँ कमिटीलाई हार्दिक बधाई तथा शुभकामना।

sponsored

Related Articles

Back to top button