समाचार

माओवादी केन्द्रको बन्दनबाट मुक्त भयौ-मुख्यमन्त्री गुरुङ

Spread the love

गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले अदालतले दुई पार्टी भिन्न भएको भन्दै गरेको फैसलापछि नेकपा (एमाले) पूर्ण लोकतान्त्रिक पार्टी बनेको बताउनुभएको छ ।

पोखरा महानगरपालिकाको ५ औं स्थापना दिवसको अवसरमा मंगलबार आफ्ना भनाई राख्दै मुख्यमन्त्री गुरुङले भन्नुभयो–नेकपा (माओवादी केन्द्र) सँग एकता हुँदा एमाले अगाल्दै आएको लोकतन्त्र बलात्कृत भएको थियो, माओवादी भिन्न पार्टी भएपछि अब एमाले पूर्ण लोकतान्त्रिक पार्टी बन्यो ।

संसारभरका मानिसहरु लोकतन्त्रमा विश्वास गर्छन, नेकपा पनि लोकतन्त्रमा विश्वास गर्ने पार्टी हो, एमाले राष्ट्रिय स्वाधिनता र अस्थिरताको लागि कुनै वाहिरी शक्तिसँग झुक्दैन, मुख्यमन्त्री गुरुङले भन्न्ुभयो–भौतिक रुपमा गरिएको पार्टी एकताले लोकतन्त्र र जनताका लागि हित गर्दोरहेनछ ।

अदालतको फैसलापछि अब एक पार्टीको मात्र नभई मिलिजुली सरकार गठन गर्नुपर्ने अवस्था सृजना भएको र सरकारको नेतृत्व पनि एमालेले गर्ने हैसियत राखेको उहाँले बताउनुभयो । अब नेकपा माओवादीले वर्तमान सरकारलाई दिएको विश्वासको मत फिर्ता लियो भने नोक्सान उनीहरुलाई नै हो, यसको असर प्रदेश सरकारमासमेत उनीहरुलाई वढी पर्ने उहाँले बताउनुभयो ।

दुई पार्टी एकीकरण गरेर सरकार ६४ प्रतिशत सीट संख्याले सरकार गठन भयो तर सरकारका राम्रा कामको प्रचार गर्ने काम आफ्नै पार्टीका नेताबाट नभएको आरोप मुख्यमन्त्री गुरुङको छ । स्थिर सरकारको नाउँमा दुई पार्टी एकीकरण भएर अगाडि वढ्यौ तर उनीहरुले केपी ओलीलाई सँधै असहयोग मात्र गरे, अरुले गरेको भ्रष्टाचार पनि केपी ओलीले नै गरेको आरोप लगाउन थाले मुख्यमन्त्री गुरुङले भन्नुभयो ।

केपी ओली र माधव नेपालको जन्मदिनमा अदालतबाट छुट्टाछुट्टै फैसला भएका छन्, ती फैसला कागतालिको रुपमा पर्न गएका हुन्, अब पार्टी भित्रको विवाद र झगडालाई मिलाएर अगाडि वढ्नु पर्छ, उहाँले भन्नुभयो–माओवादीबाट एमालेले छुटकारा पायो अब विकास र समृद्धिलाई अगाडि वढाउनुपर्छ ।

संघीयता लोकतन्त्रको पनि लोकतन्त्र हो, देशको विकास र सम्मृद्धिमा सोचजति उपलब्धि हासिल गर्न नसकेको स्वीकार गर्दै उहाँले अब हामीले विकास र समृद्धि दिदै प्रचारपनि अगाडि वढाउनु पर्छ ।

सो अवसरमा पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले महानगरले गरेका कामको बारेमा चर्चा गरेका थिए । उपप्रमुख मञ्जु गुरुङको अध्यक्षतामा सम्पन्न स्थापना दिवस कार्यक्रममा विभिन्न क्षेत्रमा व्यक्तिले आफ्नो भनाई राखेका थिएभने कर्मचारी लगायत विभिन्न बिधामा पुरस्कृतलाई पुरस्कार प्रदान गरिएको थियो ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत महेश बरालले संचालन गरेको उक्त कार्यक्रम अघि पोखरा महानगरपालिकाको कार्यालय न्यूरोडबाट बाजागाजासहित कर्मचारी र जनप्रतिनिधि कार्यक्रम स्थल पोखरा सभागृह पुगेको थियो ।

sponsored

Related Articles

Back to top button