भिडियोरोचकसमाचार

पोखरा विमानस्थलमा आज जहाज दूर्घटना गराइँदै ! (VIDEO)

Spread the love

पोखरा ।
पोखरा विमानस्थलमा आज आपतकालिन उद्धार अभ्यास गरिँदैछ । गण्डकी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयले विपद् उद्घारकर्मीको क्षमता विकास गर्ने उद्देश्यले सो अभ्यास गर्न लागेको हो ।

जस अनुसार बेलुकी चार बजेपछि पोखरा विमानस्थलमा नमूनाको रुपमा जहाज दुर्घटना गराइदैछ । त्यसपछि उक्त जहाजमा आगलागी हुनेछ ।

आगो निभाउनका लागि दमकलको सहारा लिइदैछ । त्यस्तै घाइतेको उपचारका लागि एम्बुलेन्स पनि गुड्नेछन् । यि सवै घटना नमुनाको रुपमा हुनेछन् ।

आपतकालिन उद्घारको अभ्यास हुँदैछ भनेर थाहा नपाउने महानुभावलाई विमानस्थलमा कतै दुर्घटना नै भएको हो कि भन्ने पर्न सक्छ भन्दै मन्त्रालयले सोवारे स्पष्ट पारेको हो । अभ्यासका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, रेडक्रसका पदाधिकारीहरु लगायत खटिदै छन् ।

पूर्व तयारी अन्र्तगत सोमवार र मंगलवार सामान्य अभ्यास समेत भइसकेको छ।करिव आधा घण्टादेखि १ घण्टाको बीचमा अभ्यास सकिने मन्त्रालयका सचिव केदारनाथ शर्माले जानकारी दिए ।

उद्घार अभ्याससँगै चार दिने विपद् उद्घारकर्मीको क्षमता विकास तालिमको समापन गरिदैछ ।जसमा मुख्यमन्त्री पृथ्वीशुब्वा गुरुङ, आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमान लगायत सहभागि हुनेछन् ।

मन्त्रालयले आपतकालीन उद्घारलाई भविष्यमा संचालन हुने पोखरा अन्तराष्ट्रिय विमानस्थलको सहयोगी हुने अपेक्षाका साथ पनि हेरेको उपसचिव काशीराम गैरेले बताए ।

sponsored

Related Articles

Back to top button