समाचार

झापामा जङ्गली हात्तीको आक्रमणबाट दुईजना घाइते

Spread the love

जङ्गली हात्तीको आक्रमणमा परी बुद्धशान्ति गाउँपालिका-२ मा आज बिहान दुईजना घाइते भएका छन् ।

घाइते हुनेमा इलाम देउमाई नगरपालिका-१० ढोडेनी बस्ने १९ वर्षीय कृतिमान खाती र अर्जुनधारा नगरपालिका-१ सिस्ने बस्ने १९ वर्षीय मिलन कार्की डोली रहेको प्रहरीले जनाएको छ ।

उनीहरूमध्ये खातीको बिर्तामोडस्थित बिर्तासिटी अस्पताल र डोलीको लिभिङ होम पोलिक्लिनिक बुधबारेमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार खाती गम्भीर घाइते छन् । उनको हात र छातीमा चोट लागेको र बोल्न नसक्ने अवस्थामा छन् भने डोली सामान्य घाइते छन् । उनीहरू दुवै श्रमिक हुन् ।

आज बिहान ७ : ०० बजे गाउँमा पसेको हात्ती धपाउने क्रममा उनीहरू घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले जानकारी दिए ।

sponsored

Related Articles

Back to top button