समाचार

काँग्रेस नेता अशोक कोइरालाको निधन

Spread the love

नेपाली काँग्रेसका नेता अशोक कोइरालाको ७७ वर्षको उमेरमा निधन भएको छ । गएराति १ बजे उपचारका क्रममा विराटनगरस्थित न्यूरो अस्पतालमा उनको निधन भएको हो ।

निमोनियाको समस्या झेलिरहेका उनी घरैमा अचानक अचेत भएपछि बुधबार अस्पताल भर्ना गरिएको थियो । कोइराला राष्ट्रिय सभाका पूर्व उपाध्यक्ष,  संविधानसभाका सदस्य र विराटनगरका मेयर बनेका थिए ।

उनी नेपाली काँग्रेस मोरङका पूर्व सभापति समेत रहेका थिए । कोइराला हात नेपाली काँग्रेस महासमिति सदस्य थिए । अशोक पूर्वप्रधानमन्त्री तथा नेपाली काँग्रेसका पूर्व सभापति सुशील कान्छा भाइ हुन् ।

sponsored

Nirmala Nepali

Namaste, I am Nirmala form Pokhara, running Bachelor on Mass Communication.

Related Articles

Back to top button