समाचार
बागलुङमा सवारी दुर्घटनामा ७ वर्षीय बालकको मृत्यु, दुई घाइते

Spread the love
बागलुङमा सवारी दुर्घटना हुँदा सात वर्षीय बालकको मृत्यु भएको छ ।
मङ्गलबार गलकोट नगरपालिका–६ मा पिकअप भ्यान दुर्घटना हुँदा भ्यानमा सवार बालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
काठमाडौँबाट आएर यात्रु झारेपछि फर्काउने क्रममा सडकबाट २० मिटर तल खस्दा पिकअपमै बसेका गलकोट –६ का नितु बस्नेतका सात वर्षीय छोरा निकेश बस्नेतको मृत्यु भएको प्रहरी नायब उपरीक्षक इकवाल हवारीले बताउनुभयो ।
मङ्गलबारै बडिगाड–४ मा बा२०प २८८० नंको पिकअप सडकदेखि ६० मिटर तल खस्दा चालक यामबहादुर बुढाथोकी र सहचालक सुजन गोतामे घाइते हुनुभएको छ ।
उहाँहरु दुवैलाई स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचारपछि पोखरा ल्याइएको छ ।