खेलकुुदसमाचार

चितवन प्रिमियर लिग मंसिरमा हुने

Spread the love

दोस्रो संस्करणको चितवन प्रिमियर लिग (सिपिएल) टी–२० क्रिकेट प्रतियोगिता आगामी मंसिर महिनामा हुने भएको छ।

सिपिएल आयोजकले आउँदो मंसिर (डिसेम्बर)मा प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको हो।

प्रतियोगिताको पहिलो संस्करण गत माघ महिनामा भएको थियो। यसपटक विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड)का कारण केही ढिलाई हुन पुगेको आयोजकले जनाएको छ।

सिपिएलका संस्थापक तथा प्रवन्ध निर्देशक राजु चौधरीका अनुसार यसपटक प्रतियोगिता भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ।

पहिलो संस्करण नारायणगढस्थित क्याम्पाचौरमा संचालन भएको थियो। दोस्रो संस्करणलाई अझै व्यवस्थित र भव्य बनाउने प्रयास भइरहेको प्रवन्ध निर्देशक चौधरीले जानकारी दिए।

पहिलो संस्करणमा प्रत्येक टिममा तीन जना राष्ट्रिय खेलाडी अनिवार्य गरिएको थियो। आउने संस्करणमा राष्ट्रिय खेलाडीको संख्या बढाउने योजनामा आयोजक रहेको छ।

चितवन क्रिकेट संघको सहकार्यमा नारायणी एडभर्टाइजिङ एण्ड इभेन्ट्स प्रा.लि.को आयोजनामा हुने यस प्रतियोगितामा पाँच वटा टिम रहेका छन्। यस प्रतियोगिताको पहिलो संस्करणको उपाधि राप्ती र्‍यापिड्सले जितेको थियो ।

sponsored

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button