मनोरञ्जनरोचकसमाचार

आइटी क्षेत्रमा नेपालको नयाँ फड्को

Spread the love

नेपाली युवाहरुले बनाएको लुडो एपले ५ करोड डाउनलोड पुरा गरेको छ । यार्सा गेमले बनाएको लुडोले भर्खरै गुगल प्ले स्टोरमा ५० मिलियन डाउनलोडको आँकडा पुरा गरेको हो ।

करिब ३ वर्षअघि बनेको यो एपमा करिब २ करोड सक्रिय तथा नियमित प्रयोगकर्ता रहेका छन् । जसमध्ये सबैभन्दा धेरै भारतमा रहेको लुडो निर्माता कम्पनी यार्सा गेमका सहसंस्थापक एनजे सुवेदीले जानकारी दिए ।

‘अहिले भारतमा मात्रै लुडोको डाउनलोड दुई करोडभन्दा बढी छ,’ उनले भने, ‘नेपालमा १० लाख र बाँकी अन्य देशका हुन् ।’ यार्साले लुडोसहित म्यारिजकलब्रेकरम्मीधुम्मलड्राइभिङ स्कूल, सोलिटायर गरी हालसम्म एक दर्जनभन्दा बढी गेम बनाइसकेको छ ।

पोखरामा रहेको यो गेमिङ कम्पनीले बजारमा त्यस अघि नै रहेका गेमहरुसँग प्रतिस्पर्धा गर्दै यो सफलता हात पारेको हो । एक्लै हुँदा होस् वा परिवार, साथीभाइमाझ हुँदा, लुडो एउटा लोकप्रिय गेम बनेको छ ।

गेमका प्रयोगकर्ता किशोर तथा बालबालिकाभन्दा पनि मध्यम उमेर समूहका छन् । ‘हामीले एकदमै गज्जबका फिचर राखेर यो एप बनाएका थिएनौं,’ एनजे भन्छन्, ‘लुडोमा सामान्य तथा सजिलो लाग्ने यूआई यूएक्स छ । यही सरलपन धेरैले रुचाइदिनु भएको छ ।’

यो एउटा पुरै नेपालीको लागि खुसीको खबर हो । नेपालमा पनि यश संबंधित अझै ग्यान र हौसला प्रदान गर्ने हो भने आइटी क्षेत्र पनि द्रुत गतिले अघाडी बढी सफलता हासिल गर्न सक्नेछ भन्ने एउटा उदाहरण यार्सा गेम ले दिएको छ ।

 

sponsored

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button