नालीमा डुबेकी बालिकालाई बचाउने युवा

सामाखुसी चोकमा केही दिन अघि किशोरी सत्या सापकोटा स्कुलबाट घर फर्किदैँ गर्दा बर्खाको कारण पोखरी जस्तै भएको सडक छेउको नालीमा डुबेको र उनलाई उद्दार गरेको भिडीयो भाईरल भयो ।भिडीयोमा उनलाई दगुर्दै गएर बचाउने व्यक्ति पनि देख्न सकिन्छ। सत्या सापकोटाको पानी भित्रबाट देखिएको हात समातेर उनलाई ती युवकले उद्दार गरे । हुनत यो कूरालाई समाचारको ठूलै विषय बनाउन जरुरत नहोला । तर काठमाण्डौ जस्तो ठाँउमा हराउँदै गएको मानवताको लागि सबैभन्दा पहिला दगुर्नु पनि सानो काम हैन । अनि मूख्य मान्छे जस्ले ती किशोरी लाई बचायो, उनको नामको ठाउँमा अरु कसैको नाम किन आईरहेको छ त??
तिनै युवा हरी थापाको अन्तर्वार्ता हामीले लियौँ र खास कूरा अन्तर्वार्तामा छ । Hats off to you Hari ! यो समाचार सेयर गरि सत्य तथ्य समाचार र सही व्यक्तिलाई सबैले चिन्न मद्दत गरिदिन हामी Sajha Entertainment को टिम अपिल गर्दछौं !