
महोत्तरीमा बलात्कार गरेको आरोपमा एक वडा सचिव पक्राउ परेका छन्। महोत्तरीको भंगहा नगरपालिका वडा नम्बर-९ स्थित मुसहरी टोलकी एक दलित महिलालाई बलात्कार गरेको आरोपमा वडा नम्बर-९ का वडा सचिव मिथिलेश यादवलाई बुधबार राति ९ बजे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक टिकाबहादुर केसीले बताएका छन्।
ती महिला बजारबाट घर गइरहेको अवस्थामा बुधबार राति उनी माथि बलात्कार प्रयास भएको कुरा आएको छ’, एसपी केसीले भने ‘बलात्कार भए नभएको पुष्टि भने मेडिकल परिक्षणपछि मात्रै हुनेछ।
महिलाले दिएको बयान र जाहेरीको आधारमा यादवलाई पक्राउ गरिएको पहरी उपरीक्षक केसीले बताए। यादवलाई अहिले प्रहरी हिरासतमा राखिएको छ। स्थानीयहरूका अनुसार यादवले राति मदिरा सेवन गरेका थिए।