
Spread the love
शिव सेना नेपाल, कास्कीको आयोजनामा रक्तदान तथा कार्यालय उद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।
योगी नरहरिनाथको १०८ औं जन्मजयन्तीको अवसरमा आयोजित रक्तदान कार्यक्रममा १०० युनिट रगत संकलन भएको छ । कार्यक्रम माशिव सेना नेपाल, कास्कीका वरिष्ठ सल्लाहकार ठाकुरप्रसाद बरालले उद्घाटन गर्नुभएको थियो ।
शिव सेना नेपाल, कास्कीका अध्यक्ष प्रदीप खड्गीको अध्यक्षतामा भएको सो कार्यक्रममा शिव सेना नेपालका सल्लाहकार राजकुमार लामिछाने, बुढानिलकण्ठ संरक्षण समितिका अध्यक्ष उपेन्द्रबहादुर कोइराला लगायतले बोल्नु भएको थियो ।