
Spread the love
चीन सरकारले अनुदानमा दिएको ८ लाख डोज कोरोनाविरुद्धको खोप एक साताभित्र नेपाल ल्याइने भएको छ ।
स्वास्थ्य सेवा विभाग, आपूर्ति व्यवस्थापन शाखाका प्रमुख उपेन्द्र ढंगानाले एक साताभित्रै चिनियाँ खोप नेपाल आउने बताए । ‘ खोप ल्याउन नेपाल वायुसेवा निगमको जहाज पठाउने निर्णय भइसकेको छ ।’